विमान दुर्घटना : मृत्यु भएका मध्ये २६ जनाकाे पहिचान खुल्यो (नामसहित)

आइतबार बिहान दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको कास्की प्रहरीले जनाएको छ ।

विमान दुर्घटना : मृत्यु भएका मध्ये २६ जनाकाे पहिचान खुल्यो (नामसहित)
पोखरा । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको कास्की प्रहरीले जनाएको छ । पहिचान खुल्नेमा -पोखरा -११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल -पोखरा -१३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य -पोखरा -१७ घर भई अहिले बालाजु बस्ने संगीता शाही -पोखरा -४ का डा. सुशील श्रेष्ठ -पोखरा -४ की डा. सोना दिवाकर -पर्वतको कुश्मा-१ का १० वर्षका रियान पौडेल -पोखरा -१३ मियाँपाटनका सदाकत अलिमियाँ -पोखरा -७ की लक्ष्मी पौडेल -पर्वत कुश्मा -९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल -उनकी ११ वर्षकी छोरी प्रसिद्धी पौडेल -पर्वत मोदी -१ का ३९ वर्षका विजयकुमार गुरुङ -मोदी -१ की रचना काफ्ले पौडेल -पोखरा- २२ का रक्की गुरुङ -रुपन्देही शंकर -८ का डा. गणेश थापा -काठमांडौंकी नतु परियार -काठमाडौंकी रीता परियार -काठमाडौंका हरि परियार -पोखरा -८ की एसमिन गुरुङ -पोखराको बुद्धचोकका पूजन राना -बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, -कावासोती- ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ -पोखराको छोरेपाटनकी जीवनकला गुरुङ -कोरियन नागरिक यु क्युघुल -रसियन नागरिक जुरिज लेगिन एलेन