मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

हालकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण आगामी भदौ १५ (शनिबार) बाट अनिवार्य अवकाशमा जाँदैछिन्। त्यसअघि सरकारले बिहीबार अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो

मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त
काठमाडौं । सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । हालकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण आगामी भदौ १५ (शनिबार) बाट अनिवार्य अवकाशमा जाँदैछिन्। त्यसअघि सरकारले बिहीबार अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो गत साउन १० गते नियुक्त भएकी उनी नेपालको इतिहासमा पहिलो महिला मुख्य सचिव बनेकी थिइन्। अर्यालसहित डा. तोयनारायण ज्ञवाली र दिनेश भट्टराई पनि मुख्य सचिवको दाबेदार थिए।