'हेर्ने कथा'का प्रकाश चुमभ्यालीबाट भए बिदाई, साहूले दिनेभए १० लाख

चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् । त्यस्तै गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ ।

'हेर्ने कथा'का प्रकाश चुमभ्यालीबाट भए बिदाई, साहूले दिनेभए १० लाख
काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ चुमभ्यालीबाट भोजपुरका लागि बाटो लागेका छन् । उनलाई जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाई गरे । प्रकाशको बिदाईमा वडा नम्बर ७ छेकम्पारका अध्यक्ष टसी दोर्जे लामा, स्थानीय प्रहरी चौकी र अगुवाहरू भेला भएका थिए । चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् । त्यस्तै गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ । उनले आफू काठमाडौंमै भएकाले प्रकाशलाई यहाँ आएपछि प्रधानमन्त्रीसँग भेटाएर भोजपुर पठाइने बताएका छन् ।