यातायातका महानिर्देशकसहित तीन जनाकाे सेटिङ, परीक्षा बिनै तीस हजारमा लाइसेन्स !

अब उनैले १८ सेप्टेम्बर २०१२ मा 'ए' र 'बि' क्याटेगोरीका अर्थात बाइक, स्कुटर, मोपेड र कार जिप डेलीभरी भ्यानकोसम्म लाइसेन्स पाए एकैदिन ।

यातायातका महानिर्देशकसहित तीन जनाकाे सेटिङ, परीक्षा बिनै तीस हजारमा लाइसेन्स !
काठमाडौं । माथि फोटोमा देखाइएको हुन् २१ लाख सवारी चालकको छातीमा लात्ती हान्ने ३ स्मार्ट माफिया, यी जेल नजाँदासम्म बिना घुस हात पर्दैन सवारी चालक अनुमतिपत्र (लाइसेन्स)। उद्धव रिजाल, यातायात व्यवस्था विभागका महानिर्देशक अर्का पात्र मुकेश रेग्मी यातायात व्यवस्था विभागका आईटी डिपार्ट हेड र अर्का हुन् सविन श्रेष्ठ आईटी कन्सल्टयानट नामका वैधानिक ह्याकर । राज्यले श्रेष्ठलाई मासिक २ लाख तलब दिएर सिस्टम ह्याक गर्न राखेको छ । यातायात व्यवस्था विभागका आईटी प्रमुख मुकेश रेग्मीले सविन श्रेष्ठलाई आईटी कन्सल्ट्यानट राखि यातायात क्षेत्रमा ब्रम्हलुट मच्च्याउँदै आएका छन् । उनले आफ्नो स्वार्थअनुसार सेवा ग्राहीको लाइसेन्स लिन, जासपास बनाउन, ब्लुबुक रिन्यु गर्न वा लाइसेन्स नवीकरण गर्न लाइन बसिराखेको बेला झ्याप्प सर्भर बन्द गर्ने गर्दछन् । उनलाई मन लागे नेपालको नियम र कानुनको पक्षलाई लात हान्दै मध्यराति १२ बजे यातायात व्यवस्था विभागको केन्द्रीय कार्यालयमा सफ्ट्वयर खोलेर ट्रायल लिखित केही नदिएका व्यक्तिको विवरण चढाएर प्रतिव्यक्ति तीस हजारदेखि १ लाख ५० हजारसम्म लिने गरेर सवारी चालक अनुमति पत्र छापिदिने गर्दछन् । २१ लाख साधारण नागरिकले ट्रायल लिखित पास गरेपनि लाइसेन्स पाएका छैनन् तर उनले चाहे भने आजको आजै तपाईंलाई लाइसेन्स हातमा थमाइदिन्छन् । यिनलाई तीस हजार दिए तपाईले न फर्म भर्नुपर्छ, न लिखित दिनुपर्छ न ट्रायल नै । पछिल्लो समय नक्कली लाइसेन्सको कालो कर्तुत सार्वजनिक हुन थालेपछि पूर्व कर्मचारी फसाउन षड्यन्त्रको जालो बुनेका छन् । यिनले अरु कर्मचारीको युजर आइडीको दुरुपयोग गरी ट्रायल प्रक्रियामा सहभागी नभएका मानिसको विवरण भरी लाइसेन्सको व्यापार गरिराखेका छन् । उनले नक्कली लाइसेन्स व्यापारको करोडौं लाभ यतिबेला अरूलाई फसाउन र मिडिया ट्रायल गरि आफु चोखिन प्रयासमा छन् । सत्य लुक्दैन झुटको पदाफास एकदिन हुन्छ भन्ने हेक्का नभएका यी द्रब्य मुखीलाई छिट्टै गृह प्रशासनले समातेर छानविनको दायरमा ल्याउनुपर्छ । अहिलेपनि यिनले विभिन्न कार्यालय प्रमुख र यातायातका कर्मचारीको युजर खोली नक्कली काम गर्दै सक्कली लाइसेन्स छाप्न व्यस्त छन् । यहाँ यिनकै नक्कली कामका कारण सक्कली सरकारी यातायातका कर्मचारी जेल जाँदै छन् । यी लगायतका केही गिरोह यो मात्र हैन लाइसेन्स नक्कली आफैं बनाउने, कर्मचारीको युजर आफैं चलाउने, सर्भर आफै बन्द वा डाउन गर्ने र यो सिस्टम नै खतम छ भन्ने बाहिर देखाएर यो राज्यको करोडौं लगानी स्वाहा पार्दै अर्को सिस्टम भित्राएर टन्न कमिसन खाने दाउमा छन् । यस अघि सफट्वयर सिस्टमको तालाचावी सफ्ट्व्यर निर्माता एवम् ठेकेदार कम्पनी मदरास सेक्युरिटी प्रिन्टर्सको हातमा थियो । २०८० असारमा यस कम्पनीले यातायात व्यवस्था विभागलाई जिम्मा लगाएपछि यिनीहरुको रजगज सुरु भयो । यस अघि गृह मन्त्रालयको पञ्जिकरमा काम गर्दै गर्दा सिस्टममै खरावी ल्याएर हालीमुहाली गर्न खोज्दा मुकेश रेग्मीलाई कोठामा थुनेर एनआई डीका इन्जिनियरको टोलीले हातपात गरेका थिए । यसरी बन्छ चोरबाटोबाट सक्कली लाइसेन्स . मकवानपुरका रुद्र प्रसाद अधिकारी नाम गरेका व्यक्तिले ९ नोभेम्वर २०२३ मा सवारीचालक अनुमतिपत्रका लागि मेडिकल टेष्ट गराए । न लिखित न ट्रायल उनले मेडिकल टेष्ट गराएको मिति भन्दा ७ वर्षअघिको मिति अर्थात १७ सेप्टेम्वर २०१७ मा थियाे । उनले लुम्बिनीको यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाए । यतिमात्र ९ नोभेम्वर २०२३ मा चितवनको यातायात व्यवस्था कार्यालयबाट उनको लाइसेन्स रिन्यु भयो । अब उनैले १८ सेप्टेम्बर २०१२ मा 'ए' र 'बि' क्याटेगोरीका अर्थात बाइक, स्कुटर, मोपेड र कार जिप डेलीभरी भ्यानकोसम्म लाइसेन्स पाए एकैदिन । . काठमाडौंका सिम्रन थापाले २८ नोभेम्वर २०२३ मा लाइसेन्स रिन्युको लागि नाटकीय रूपमा  यातायात व्यवस्था कार्यालय पाल्पामा निवेदन दिइन् । तर उनले कहिल्यै न ट्रायल दिएकी छन्, न लिखित । तर उनलाई माफियाले एकाएक ९ अगस्ट २०१२ मा पहिलो पटक लाइसेन्स लिएको, २०१३ को नोभेम्वर २५ मिति राखेर क्याटोगोरी 'बी' को कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स हातमा थमाइदिए । २०१७ को अगस्ट ६ तारिखमा राप्तीको यातायात कार्यालयबाट पुनः लाइसेन्स रिन्यु गरेको देखाइदिए । . मकवानपुर हेटौंडाका सुरज बगाई नाम गरेका व्यक्तिले ३० नोभेम्वर २०२३ मा लुम्बिनीको यातायात व्यवस्था कार्यालयमा लाइसेन्स रिन्युको निवेदन दिन्छन् । जबकी उनीसँग पहिला लाइसेन्स नै थिएन । सिस्टमबाट उनको पहिलो लाइसेन्स २१ जुलाई २०१७ मा क्याटोगोरी १ को पाए ।  २०१७ अगस्ट १३ तारिख मिति राखी क्याटोगोरी बि थपियाे । फेरी लुम्बिनीकै युजरनेम र पासवर्ड प्रयोग गरि ३० नोभेम्बर २०२३ मा उनकाे लाइसेन्स रिन्यु भयाे । ४.यो अलि फरक छ, रुपन्देही बुटवलकी स्नीग्दा पौडेल नाम गरेकी युवतीले यातायात कार्यालय बुटवलबाट २०२२ मार्च २५ मा लिखित पास हुन्छिन ।  २०२२ अप्रिल ६ मा ट्रायल दिन्छिन् अनि फेल हुन्छिन् । २०२२ मे २४ मा फेरी ट्रायल फेल हुन्छिन्, ट्रायलमा २ पटकसम्म फेल भएकी उनले २०२३ सेप्टेम्बर २८ मा सवारीचालक अनुमतिपत्र प्राप्त गर्छिन् । जब की उनी ट्रायल पास भएको कुनै प्रमाण यातायात व्यवस्था कार्यालयसँग नै छैन । . गरिमा सिंह निवेदन नं ८०२९११६ जो नेपालको एक मात्र हेवी सवारीचालक अनुमतिपत्र धारी महिला हुन् । जसको नाउँमा जारी 'जि' क्याटोगोरीको सवारीचालक अनुमतिपत्र जारी भई लाइसेन्स समेत प्रिन्ट भइसकेको छ । यो संयोगमात्र नभएर शंकास्पद सवारीचालक अनुमतिपत्रको रुपमा रहेको भनेर छानबिन समितिकाे प्रतिवेदनमा लेखिएको छ । यसको मतलब उनको यो लाइसेन्स पनि आइटी माफियाले मोटो रकम बुझेर नक्कली बाटोबाट बनाइदिएका हुन । . बेलबहादुर थापा सवारी चालक अनुमतीपत्र नं ०१ ०८ ८८९९०४३१ को पेपर कार्ड ईन्ट्री विधिमार्फत यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा रहेको युजर प्रणालीमा बायोमेट्रीक लिएको देखिएको छ । यसैगरी उक्त सवारी चालक अनुमतिपत्र यातायात व्यवस्था सेवा कार्यालय पाल्पाकाे एक कर्मचारीकाे युजरमार्फत नविकरण भयाे ।  यो काम पनि उनै सविन श्रेष्ठले उत्त कार्यालयका कर्मचारीको युजर आइडी खोली आफैंले सबै काम गरेको प्रमाण हेर्दा पुष्टि हुन्छ । . मनिष केसी सवारीचालक अनुमतिपत्र नं ०१ ११ ८८९९०१५७ पेपर कार्ड इन्ट्री विधिमार्फत यातायात व्यवस्था कार्यालय, जुम्लामा रहेको युजर प्रणालीमा इन्ट्री भएको तथा यातायात व्यवस्था कार्यालय, बुटवलकाे युजरबाट बायोमेट्रिक लिएको देखिएको । यतिमात्र होइन उक्त सवारी चालक अनुमतिपत्र यातायात व्यवस्था सेवा कार्यालय, पाल्पाकाे युजर मार्फत नविकरण भयाे ।  यसरी आइटिका माफियाहरूले आफूले रकम ह्त्याउन अन्य स्थानका निर्दोष कर्मचारीको आईडी अनाधिकृत रूपमा प्रयोग गरेका छन् । कानुनले भेटीहाले निर्दोष कर्मचारी फस्ने गरि जालो बिछ्याएका छन् । सरकारलाई राजस्व बुझाएका २१ लाख बढी युवाले लाइसेन्स पाएका छैनन् । तर घुसियालाई मोटो रकम बुझाएपछि कुनै प्रक्रिया पुरा नगरी रातारात छापिन्छन् सवारी चालक अनुमति पत्र (लाइसेन्स) । भिडियाे हेर्नुहाेस्