कास्की । माघे संक्रान्ति मनाउन काठमाडौंबाट पोखराका लागि उडेका थिए राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक डा. सुशिल श्रेष्ठ दम्पत्ति । हर्षोउल्लासका साथ माघे संक्रान्ति मनाउन १० महिने छोरासहित काठमाडौंबाट यति एयरलाइन्सको एटीआर जहाजमा पोखरा हानिएका थिए । तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने उनीहरुको सपना सेतीको खोँचमा टुट्यो।
विमान दुर्घटनामा परेका ४ जनाको अझै पत्तो छैन। नागरिक उड्डयन प्राधिकरणका अनुसार ६८ जनाको शव निकालिएको छ। शवहरु डढेर चिन्नै नसकिने अवस्थामा छन्। तर डा. दम्पत्ति र उनीहरुको सन्तानको भने शव सनाखत भइसकेको छ।
हजारौं बिरामीका भाँच्चिएका हड्डी जोड्ने सपना बोकेका डा. श्रेष्ठको आफ्नै हड्डी चिन्न नसक्ने अवस्थामा जलेर नष्ट भएका छन्। अस्पतालका निर्देशक डा. रुद्र मरासिनीले डा. श्रेष्ठले दुई दिनको बिदा मागेको बताए।
ट्रमा सेन्टरका पूर्व निर्देशक डा. सन्तोष पौडेलका अनुसार यतिबेला श्रेष्ठको परिवार सम्हालिन नसक्ने अवस्थामा छ। उनीहरु दुवैको घर पनि पोखरा हो। दुवैले गण्डकी बोर्डिङ स्कुलबाटै एसएलसी दिएका थिए।
डा. श्रेष्ठलाई स्पाइनल सर्जरीमा निकै रुचि भएकाले ट्रमा सेन्टरमा ल्याउन उनले नै सहयोग गरेका थिए। उनी तीन वर्ष अघि डा. सेना दिवाकरसँग वैवाहिक जीवनमा बाँधिएका थिए। एमडी पढ्नका लागि डा दिवाकर बिदामा थिइन्।
३८ वर्षीय डा. श्रेष्ठले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका छन्।
उनले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए ।
१० महिने छोरासहित ट्रमाका डाक्टर दम्पत्ति घर नपुग्दै अस्ताए
विमान दुर्घटनामा परेका ४ जनाको अझै पत्तो छैन। नागरिक उड्डयन प्राधिकरणका अनुसार ६८ जनाको शव निकालिएको छ। शवहरु डढेर चिन्नै नसकिने अवस्थामा छन्। तर डा. दम्पत्ति र उनीहरुको सन्तानको भने शव सनाखत भइसकेको छ।

