प्रहरीमा शुद्धीकरण अभियान : उच्च पदस्थ प्रहरी अधिकारीको बैंक खाता जाँच हुँदै

स्रोतका अनुसार मधेस प्रदेशका डिआइजी यज्ञ बिनोद पोखरेलमाथि प्रहरी प्रधान कार्यालयले विस्तृत छानविन गरिरहेको छ ।प्रहरीमा तल्लो तहका कर्मचारी कारबाहीमा पर्ने तर उच्च तहले उन्मुक्ति पाउँदै आएका छन् ।

प्रहरीमा शुद्धीकरण अभियान : उच्च पदस्थ प्रहरी अधिकारीको बैंक खाता जाँच हुँदै
काठमाडौं । नेपाल प्रहरीका केही उच्चपदस्थ अधिकारीको बैंक खाता जाँच सुरु भएको छ । प्रहरीमा शुद्धीकरण अभियान चलाएर प्रहरी नेतृत्वले छानविनलाई तिव्रता दिएको हो । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार सार्वजनिक रुपमै धेरैको बैंक खाता जाँच भइरहेको बताएका हुन् । एक डिआइजी छिट्टै फस्न लागेको समेत उनले खुलासा गरे । स्रोतका अनुसार मधेस प्रदेशका डिआइजी यज्ञ बिनोद पोखरेलमाथि प्रहरी प्रधान कार्यालयले विस्तृत छानविन गरिरहेको छ ।प्रहरीमा तल्लो तहका कर्मचारी कारबाहीमा पर्ने तर उच्च तहले उन्मुक्ति पाउँदै आएका छन् ।