विमान दुर्घटना अपडेट : चालक दलका सदस्यसहित सबैकाे मृत्यु

यसअघि ६८ जनाको शव फेला परेको थियो भने खोचमा रहेका ४ शव निकालेसँगै विमानमा सवार सबैको मृत्यु भएको हो ।

विमान दुर्घटना अपडेट : चालक दलका सदस्यसहित सबैकाे मृत्यु
आइतबार बिहान दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ । यसअघि ६८ जनाको शव फेला परेको थियो भने खोचमा रहेका ४ शव निकालेसँगै विमानमा सवार सबैको मृत्यु भएको हो । सेती नदीको खोँचमा विमान खसेका कारण शव निकाल्न क्रेनको प्रयोग गरिएको थियो । कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले क्रेन र शसस्त्र प्रहरी बलको गोताखोर सहित रोप रेस्क्यु टोली परिचालन गरि खोँचमा अड्किएका ४ वटा शव निकालिएको हो । उनका अनुसार पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव लगिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना यात्रु रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जनाएको छ ।