सरकारबाट बाहिरिनु माओवादीका लागि अवसर : देवेन्द्र पौडेल

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकारबाट बाहिरिएपछि जनतामा जाने र पार्टी बलियो बनाउने अवसर प्राप्त भएको बताएका हुन्।

सरकारबाट बाहिरिनु माओवादीका लागि अवसर : देवेन्द्र पौडेल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पीडा भएको बताएका छन्। बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकारबाट बाहिरिएपछि जनतामा जाने र पार्टी बलियो बनाउने अवसर प्राप्त भएको बताएका हुन्। सत्तामा रहँदा माओवादी पार्टी फुट्ने वा जनताको मत घट्ने देखिएको उनले बताए। उनले जनताको पक्षका मुद्दा र एजेण्डा उठाउनका निम्ति प्राप्त अवसरलाई सदुपयोग गर्ने जिकिर गरे। उनले अहिलेको अवस्थामा नेपाली कांग्रेसले निष्पक्षतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।