काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि जारी मतगणनामा परिणाम आइरहेको छ । जसअनुसार उपाध्यक्ष र सचिवको परिणाम आएको हो ।
एकीकृत समाजवादीको उपाध्यक्ष (महिला) मा जयन्तिदेवी राई निर्वाचित भएकी छन् । उनले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । त्यस्तै उपाध्यक्ष (मधेशी) मा रामचन्द्र झालाई पराजित गर्दै धर्मनाथ प्रसाद साह विजयी भएका छन् ।
खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने यसअघि नै राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यस्तै उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराई निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा गणेश बिक, बलदेव चौधरी, श्रीनाथ बराल, सावित्रा भुषाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्ष
१. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)
उपाध्यक्ष
१.जयन्ती राई
२.धर्मनाथ शाह
३. प्रकाश ज्वाला
४. जगन्नाथ खतिवडा
५. गंगालाल तुलाधर
६.भानुभक्त जोशी
उप-महासचिव
१.गरिमा शाह
२.राजेन्द्र राई
३. मेटमणी चौधरी
४.रामकुमार भट्टराई
समावेशी सचिव
१.बलदेव चौधरी
२.गणेश विक
खुल्ला सचिव
१.शेरबहादुर कुँवर
२. चन्द्र बहादुर शाही
३. सोमप्रसाद पाण्डे
४. सावित्री भुसाल
५. श्रीनाथ बराल
नेकपा एस पदाधिकारी निर्वाचन : को-को भए विजयी (सूचीसहित)
जस अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६) मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा निर्वचित जोशीबाहेक तीनै जना अध्यक्ष माधव कुमार नेपाल निकट नेता हुन् ।

