नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित, जयन्ती विजयी

राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित, जयन्ती विजयी
काठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आइसकेको छ । नतिजाअनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित भइन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।