पोखरा । अन्नपूर्ण सर्कल पदमार्गअन्तर्गतको घोरेपानीमा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका-९, तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएका हुन्।
उनीहरू भुरूङ्ग्दी खोलाको पुल मुनि रहेको पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्ने आँकलन गरिएको गाउँपालिका प्रवक्ता भरतराम गुरुङले जानकारी दिए।
आइतबार मात्रै बिरेठाँटीस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्टमा नाम टिपाएर उल्लेरी लागेको उक्त युगल जोडीको सोमबार दिनभर खोजी गरिएको भए पनि फेला बताइएको छ।
उनीहरूको खोजीका लागि मंगलाबार गोताखोर परिचालन गर्ने तयारी भएको बताइएको छ।
मंगलबार गोताखोरसहितको टोलीले खोलामा खोजी गर्नेछ। पर्यटक हराएको जानकारी दूतावासलाई गराइएको प्रवक्ता गुरुङले बताए।
अन्नपूर्ण पदमार्गबाट दुई स्पेनिस पर्यटक बेपत्ता
कास्कीको अन्नपूर्ण गाउँपालिका-९, तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएका हुन्।