आजदेखि नाडा अटो शो, २३ ब्राण्डका गाडी सार्वजनिक गरिँदै

भृकुटीमण्डपमा सुरु हुने शो मा विशेषगरी इलेक्ट्रिक गाडीको प्रभाव बढी देखिने आयोजकले जनाएको छ । सबैभन्दा बढी ईभी नै प्रदर्शनीको तयारी रहेको छ । २२ लाखदेखि एक करोड बढीसम्मका गाडी रहनेछन् ।

आजदेखि नाडा अटो शो, २३ ब्राण्डका गाडी सार्वजनिक गरिँदै
काठमाडौं । नाडा अटो शो को १६ औं संस्करणको आज उद्घाटन हुँदैछ । आजबाट सुरु हुने सो मा २३ ब्रान्डका गाडी सार्वजनिकको तयारी भएको छ । भृकुटीमण्डपमा सुरु हुने शो मा विशेषगरी इलेक्ट्रिक गाडीको प्रभाव बढी देखिने आयोजकले जनाएको छ । सबैभन्दा बढी ईभी नै प्रदर्शनीको तयारी रहेको छ । २२ लाखदेखि एक करोड बढीसम्मका गाडी रहनेछन् । भृकुटीमण्डमा भदौ १६ गतेसम्म चल्ने शो मा ९५ कम्पनी तथा प्रदर्शकका १३० स्टल रहने नाडाले बताएको छ । नेपालमा उपलब्ध चारपाङग्रे सवारी ब्रान्डले शो मा आफ्ना बजारमा उपलब्ध र नयाँ गाडीहरू प्रदर्शनी गर्ने भएका छन् । प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्ड सहभागी रहेको नाडाले जनाएको छ । जसमा केही ब्रान्डले नयाँ गाडी सार्वजनिक गर्ने भएका छन् ।