३ जना सईसहित २० प्रहरी सम्पर्कविहीन

प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो।

३ जना सईसहित २० प्रहरी सम्पर्कविहीन
काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका २० जना प्रहरीलाई सेवाबाट हटाउने चेतावनी दिँदै सूचना जारी गरेको छ। प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो। प्रहरी नायव निरीक्षक (सई) देखि प्रहरी जवानसम्म २० जना प्रहरी झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ। गैर हाजिर हुनेमा तीनजना सई, एक जना असई, दुईजना हबल्दार, दुईजना कार्यालय सहयोगी र बाँकी प्रहरी जबान रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। समयमै हाजीर भए सफाइको मौका दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। अन्यथा प्रहर नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड च कोसुर अनुसार सेवाबाट हटाउने चेतावनीसमेत दिइएको छ।