'फेडवासन वास' राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राजेशचन्द्र राजभण्डारीसहित ४ जना पत्रकार पुरस्कृत

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को फेडवासन वासको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार राजेशचन्द्र राजभण्डारीसहित चार पत्रकारलाई प्रदान गरिएको छ ।

'फेडवासन वास' राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राजेशचन्द्र राजभण्डारीसहित ४ जना पत्रकार पुरस्कृत
चितवन । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को फेडवासन वासको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार राजेशचन्द्र राजभण्डारीसहित चार पत्रकारलाई प्रदान गरिएको छ । चितवनको सौराहामा सोमबार खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको २२ औं स्थापना दिवसको अवसरमा खानेपानी मन्त्री प्रदीप यादवले टेलिभिजन विधामा राजेशचन्द्र राजभण्डारी, अखबारमा चितवन पोष्टका होमनाथ सापकोटा, अनलाइनतर्फ उकेरा अनलाइनका जगतदल जनाला बिक र रेडियोतर्फ रेडियो परासीका मोघनाथ गौतमलाई पुरस्कार प्रदान गरेका हुन् । पत्रकारिताको क्षेत्रबाट खानेपानी तथा सरसफाइको क्षेत्रमा समाजमा उल्लेखनीय भुमिका खेलेको भन्दै प्रत्येक वर्ष ४ विधा टेलिभिजन ,रेडियो ,अनलाइन ,र छापा माध्यममा काम गर्ने पत्रकारलाई प्रमाणपत्र, नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष चार पत्रकारलाई पुरस्कृत गरेको संस्थाका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए ।