काठमाडौं । कपिलवस्तुमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । सुर्खेतबाट बुटवल जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसबासामा दुर्घटना हुँदा १९ जना घाइते भएका हुन् ।
बस दिउँसो दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ । घाइते केही सामान्य उपचारपश्चात् डिस्चार्ज भइसकेको छन् भने बाँकी ९ जनालाई मेडिकल कलेज रिफर गरिएको छ ।
अन्य केहीको स्थानीय अस्पतालहरूमा उपचार जारी छ । अवस्था भने सबैको सामान्य रहेको जनाइएको छ ।
कपिलवस्तुमा बस दुर्घटना
बस दिउँसो दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ । घाइते केही सामान्य उपचारपश्चात् डिस्चार्ज भइसकेको छन् भने बाँकी ९ जनालाई मेडिकल कलेज रिफर गरिएको छ ।

