गौरापर्वमा नेताविरुद्ध नाराबाजी : देउवाले भने-लाज नभएकाहरू

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत उपस्थित कार्यक्रममा नेताहरूविरुद्ध नाराबाजी भएको छ ।

गौरापर्वमा नेताविरुद्ध नाराबाजी : देउवाले भने-लाज नभएकाहरू
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत उपस्थित कार्यक्रममा नेताहरूविरुद्ध नाराबाजी भएको छ । सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले नेताविरुद्ध नाराबाजी गरेका हुन् । प्रधानमन्त्री ओली सम्बोधन गरेर हिँडेपछि युवाहरूले नाराबाजी गरेका थिए । कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री देउवा बोल्दै गर्दा नेताहरूले नाराबाजी गरेका थिए । नाराबाजी भएपछि देउवा आक्रोशित बनेका थिए । काठमाडौंमा बसोबास गर्ने सुदूरपश्चिमबासी उपस्थित कार्यक्रममै देउवाविरुद्ध नाराबाजी भएको हो । नाराबाजी गरेपछि देउवा आक्रोशित हुँदै नारा लगाउनेलाई लाज नभएकाहरू भने । ‘तपाईंहरू जति गरे पनि गर्नुस् । जति कराउनु छ कराउनुस्, लाज छैन ? यही हो नेपालको चलन ? यही हो सिकेर आएको ? लाज नभएकाहरू,’ देउवाले भने । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताएका थिए । कार्यक्रममा ओली र देउवाले दमाहा बजाएका थिए ।