दुई दिने भ्रमणका लागि नेपाल आइपुगे ओमानी विदेशमन्त्री

परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा उनी सोमबार नेपाल आएका हुन्। उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्रालयकी सचिव सेवा लम्साल लगायतले स्वागत गरेका थिए।

दुई दिने भ्रमणका लागि नेपाल आइपुगे ओमानी विदेशमन्त्री
काठमाडौं । ओमानका विदेशमन्त्री सैय्यद बद्र अल–बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा उनी सोमबार नेपाल आएका हुन्। उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्रालयकी सचिव सेवा लम्साल लगायतले स्वागत गरेका थिए। भ्रमणमा क्रममा दुई देशका परराष्ट्रमन्त्रबीच नेपाल–ओमान सम्बन्धलाई थप बलियो बनाउनेबारे विभिन्न पक्षमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले बताएको छ। नेपाल र ओमानबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता ओमानबाट भएको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो। ओमानी विदेशमन्त्रीले भ्रमणमा क्रममा राष्ट्रपछि रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने तालिका रहेको छ।