काठमाडौं । राष्ट्रिय विपद् जोखीम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले इन्जिनियर र सब(इन्जिनियर करारमा लिने भएको छ।
गत कात्तिक २३ मा डोटीमा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना मर्मत तथा पुनर्निर्माणका लागि ४६ जना प्राविधिक लिने भएको हो ।
प्राधिकरणले शनिवार जारी गरेको सूचनाअनुसार सिभिल, जनरल, बिल्डिङ एन्ड आर्किटेक्ट र हाइवे विषयमा १६ जना इन्जिनियर लिइने छ। यस्तै सोही विषयका ३० जना सबइन्जिनियर लिइने छ।
डोटी, अछाम र बझाङमा काम गर्नेगरी प्राधिकरणले ३ महिनाको करारमा इन्जिनियर र सब(इन्जिनियर मागेको हो। प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिने सूचनामा उल्लेख छ।
लोक सेवा आयोगबाट लिइने परीक्षामा तीन वर्षयता वैकल्पिक वा अस्थायी योग्यता क्रमको सूचीमा परेकालाई दरखास्त दिन सूचनामा आह्वान गरिएको छ।
४६ जना इन्जिनियरलाई रोजगारीको अवसर
प्राधिकरणले शनिवार जारी गरेको सूचनाअनुसार सिभिल, जनरल, बिल्डिङ एन्ड आर्किटेक्ट र हाइवे विषयमा १६ जना इन्जिनियर लिइने छ। यस्तै सोही विषयका ३० जना सबइन्जिनियर लिइने छ।