सुतिरहेका बेला पहिरो जाँदा तीन घरका ८ जना बेपत्ता

दोरम्बा शैलुङ गाउँपालिका ३ लेकखर्कमा राति १ बजे पहिरो जाँदा तीन वटा घरका ८ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

सुतिरहेका बेला पहिरो जाँदा तीन घरका ८ जना बेपत्ता
फाइल तस्बिर काठमाडौं । रामेछापमा गएराति पहिरोमा परेर ८ जना बेपत्ता भएका छन्। दोरम्बा शैलुङ गाउँपालिका ३ लेकखर्कमा राति १ बजे पहिरो जाँदा तीन वटा घरका ८ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। ‘हामी अहिले घटनास्थलतिर जाँदै छौँ, सबै विवरण आइसकेको छैन,’ रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले भने, ‘घटनास्थलमा पुग्न अझै हामीलाई केही घण्टा लाग्छ।’