विष्णु माझीको तीज गीत 'आइनँ आमा' सार्वजनिक (भिडियोसहित)

अरु कलाकारका थुप्रै गीत यसअघि नै सार्वजनिक भए पनि दर्शकको लामो प्रतिक्षापछि शनिबार बिहान विष्णु माझीको 'आइनँ आमा' बोलको गीतमा युट्युबमा सार्वजनिक भएको हो ।

विष्णु माझीको तीज गीत 'आइनँ आमा' सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गायिका विष्णु माझीको यसवर्षको तीज गीत सार्वजनिक भएको छ । अरु कलाकारका थुप्रै गीत यसअघि नै सार्वजनिक भए पनि दर्शकको लामो प्रतिक्षापछि शनिबार बिहान विष्णु माझीको 'आइनँ आमा' बोलको गीतमा युट्युबमा सार्वजनिक भएको हो । विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ । 'पुतलीको भट्टी भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा उनको एकल स्वर छ । विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् । सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन् । विष्णुले २० वर्षदेखि निरन्तर तीज गीत सार्वजनिक गर्ने गरेकी छन् । https://www.youtube.com/watch?v=TQ0ElQ2TkmQ