सञ्चारमा शक्ति बस्नेतकाे चर्चा

मन्त्रलाय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूबीच सहमति जुटिसकेको त छैन। तर माओवादीले दाबी गरेको मन्त्रालय मध्ये सूचना तथा सञ्चार मन्त्रालय भएकाले बस्नेतलाई सरकारको प्रवक्ता बनाउने गरी लैजाने तयारी भएको एक नेताले बताए ।

सञ्चारमा शक्ति बस्नेतकाे चर्चा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शक्ति बस्नेतलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् । माओवादीले दाबी गरेको मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालय पनि भएकोले पार्टीका उपमहासचिव बस्नेतलाई सञ्चार मन्त्रालयको जिम्मा दिने तयारी भएको स्रोतले बतायो । मन्त्रलाय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूबीच सहमति जुटिसकेको त छैन। तर माओवादीले दाबी गरेको मन्त्रालय मध्ये सूचना तथा सञ्चार मन्त्रालय भएकाले बस्नेतलाई सरकारको प्रवक्ता बनाउने गरी लैजाने तयारी भएको एक नेताले बताए । यही माघ २ गतेभित्र मन्त्रिमण्डल विस्तार गरिसक्ने प्रचण्डको तयारी छ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच आज भएको भेटवार्तामा राष्ट्रपतिको निर्वाचन, सभामुख, उपसभामुख र मन्त्रालयको भागवन्डालगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । 'सूचना तथा सञ्चार मन्त्रालयसहित ५ मन्त्रालय हाम्रो भागमा पर्छ भन्ने छ,' प्रचण्डनिकट स्रोतले भन्यो, 'त्यसो हुँदा शक्ति बस्नेत सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारीसहित सरकारको प्रवक्ता बन्नुहुन्छ ।'