आँबुखैरेनी दुर्घटना अपडेट : मृतकको संख्या २७ पुग्यो

४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको डीएसपी थापाले बताए । घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

आँबुखैरेनी दुर्घटना अपडेट : मृतकको संख्या २७ पुग्यो
तनहुँ । तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले शुक्रबार बिहान भएको दुर्घटनामा २७ जनाको मृत्यु जानकारी दिए । ४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको डीएसपी थापाले बताए । घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो । पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनी गाउँपालिका– २ ऐना पहराबाट शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा यात्रु ४१ र चालक तथा सहचालक एकएक गरी ४३ जना सवार थिए ।