सरकारले शिक्षा क्षेत्रमा बजेटको आकार बढाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज २०७९। ८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै शिक्षामा १ खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गर्नुभयो ।
जसमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन, प्रदेशका लागि ५ अर्ब, ३२ करोड र स्थानीय तहका लागि १ खर्ब २१ अर्ब १ करोड विनियोजन गरिएको छ । गत वर्ष सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।
शिक्षामा बढ्यो बजेटको आकार
अर्थमन्त्री जनार्दन शर्माले आज २०७९। ८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै शिक्षामा १ खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गर्नुभयो ।