बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङमा अगुवा दलितको भेला भएको छ । बिहीबार राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको आथित्यतामा अगुवा दलितको भेला सम्पन्न भएको हो ।
भेलामा बोल्दै विश्वकर्माले नेपालमा रहेको जात व्यवस्थालाई अन्त्य गर्नको लागि अदालती प्रक्रियबाट जानुपर्ने राय व्यक्त गरेका छन् । उनले नेपालका विभिन्न क्षेत्रमा जातिय छुवाछुत तथा जातीयताको नाममा विभिन्न अपराध हुँदै आइरहेको बताउँदै दलित युवाहरु क्रियाशील हुनुपर्ने बताए ।
भेलामा स्थानीय दलित अगुवाले दलित समुदायले भोग्नु परेको समस्या आयोगका अध्यक्ष सामु राखेका थिए ।
भेलामा दलित युवाले १५ बुदे ज्ञापनपत्र समेत अध्यक्ष विश्वकर्मालाई बुझाएका छन् ।
बुर्तिबाङमा दलित अगुवाको भेला
बागलुङको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङमा अगुवा दलितको भेला भएको छ । बिहीबार राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको आथित्यतामा अगुवा दलितको भेला सम्पन्न भएको हो ।

