काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन माग राख्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा अन्तरिम आदेश जारी भएको छ ।
आगामी भदौ १६ गते अवकाशमा जान लागेका प्रहरीहरू अधिकारीहरूले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।
ट्राफिक प्रहरी प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठसहितले वारेसमार्फत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले प्रहरी किताबखानाले अवकाश पत्र थमाएको सम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको छ ।
एसएसपी, एसपी, डीएसपी र इन्स्पेक्टर गरी २१ जनाका वारेस कुमार बस्नेतमार्फत दायर गरिएको रिटमा अध्यादेशमार्फत भएपनि ३० वर्षे सेवाअवधि हटाउने व्यवस्था गर्न माग गरिएको छ ।
रिट निवेदकका वारेस बस्नेतले सर्वोच्चले अन्तरिम आदेश दिएको जानकारी दिँदै आदेशको विवरण प्राप्त भएपछि थप जानकारी हुने बताए ।
अन्तरिम आदेशसँगै ठूलो संख्यामा हुन लागेको प्रहरी अधिकृतहरूको अवकाश तत्कालका लागि रोकिने भएको छ ।
३० वर्षे उमेरहद विवाद : ठूलो संख्यामा प्रहरी अधिकृतहरूको अवकाश तत्काललाई रोकियो
आगामी भदौ १६ गते अवकाशमा जान लागेका प्रहरीहरू अधिकारीहरूले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

