हुम्ला । बुधबार हुम्लाको चंखेलीमा भएको जिप दुर्घटनामा परि गम्भीर घाइते भएका रमेश मल्लको मृत्यु भएको छ। मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी अन्दाजी २५ वर्षीय मल्लको उपचारको क्रममा मृत्यु भएको हो।
कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा बुधबार साँझ उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए।
बुधबार बिहान ८ बजे चङ्खेली गाउँपालिका- २ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप मुगु सडकको गौरीसल्लामा दुर्घटनामा परेको थियो। उक्त जिप धनी रमेश मल्ल आफैँ हुन्।
उनका दाई नाता पर्ने रोशन शाहीका अनुसार रमेशले जिप किनेको करिब ४ ५ महिना मात्रै भयो। सानै उमेरमा बुवा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जिप किनेका थिए।
रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन्। उनी घरको एक्लो छोरा थिए।
किनेको चार महिनामै दुर्घटना, जिप धनी रमेशको गयो ज्यान
बुधबार बिहान ८ बजे चङ्खेली गाउँपालिका- २ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप मुगु सडकको गौरीसल्लामा दुर्घटनामा परेको थियो। उक्त जिप धनी रमेश मल्ल आफैँ हुन्।