भैंसी खान आएको बाघ भैंसीको आक्रमणबाट मर्‍यो

भैंसीलाई आक्रमण गर्न आएको बाघ उल्टै भैंसीको आक्रमणबाट मरेको खबर आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बाघको आक्रमणबाट गोठमा रहेको भैँसी पनि घाइते भएको छ ।

भैंसी खान आएको बाघ भैंसीको आक्रमणबाट मर्‍यो
मकवानपुर । मकवानपुरको मनहरीमा भैँसीको आक्रमणबाट एउटा बाघ मरेको छ । मनहरी गाउँपालिका-६ प्रतापपुरमा किसान बलबहादुर राईको गोठमा बिहीबार बिहान एउटा बाघ मृत भेटिएको प्रहरीले जनाएको छ । भैंसीलाई आक्रमण गर्न आएको बाघ उल्टै भैंसीको आक्रमणबाट मरेको खबर आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बाघको आक्रमणबाट गोठमा रहेको भैँसी पनि घाइते भएको छ । मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले लिएर गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।