काठमाडौं । सिधा कुराले प्रसारण गरेको फेक अडियो बनाएको आरोप लागेका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार साँझ काठमाडौंबाटै पक्राउ गरेको एसपी अंगुर जीसीले जानकारी दिए ।
तिमल्सिनाले बनाएको अडियोलाई 'सिधा कुरा' अनलाइनले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको थियो । जसमा सर्वोच्च अदालतका न्यायाधीशसमेत संलग्न भएर भ्रष्टाचारका मुद्दा खारेज गर्ने सेटिङ गरेको दाबी गरिएको थियो ।
सर्वोच्चकै आदेशमा 'सिधा कुरा'मा प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भएको थियो ।
'सिधा कुरा' मिडियाविरुद्धको अदालतको अवहेलना मुद्दामा भोलि फैसला हुने तय भएको छ ।
सीआईबीले डीआईजी नबिन्द अर्यालको नेतृत्वमा बनाएको अनुसन्धान टोलीले सिधा कुरामा प्रसारित अडियो फेक भएको निष्कर्ष निकालेको थियो ।
प्रतिवेदनअनुसार उक्त अडियो फेक भएको हुँदा विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९, कम्प्युटरसम्बन्धी कसुर, दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने, मुलुकी अपराध–संहिता, २०७४ को परिच्छेद ४, सार्वजनिक न्यायविरुद्धका कसूर दफा ८९ मा झूठा प्रमाण बनाउन नहुने र मुलुकी अपराध संहिता, २०७४ परिच्छेद १०, भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसूर, दफा १६८ मा अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कानुन आकर्षित हुने उल्लेख गरिएको छ ।
सिधा कुराले वैशाख ५ गते बेलुका ८ बजेर २५ मिनेट जाँदा इमेलमार्फत् प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनअनुसार सोही दिन बिहान ६ बजे त्यही मोबाइलमा एउटा अडियो रेकर्ड भएको पाइएको छ ।
सिधा कुरामा इमेल प्राप्त भएको करिब १५ मिनेटपछि डाउनलोड गरेको पाइएको छ ।
'सिधा कुरा'लाई फेक अडियो उपलब्ध गराउने राजकुमार पक्राउ
सिधा कुराले वैशाख ५ गते बेलुका ८ बजेर २५ मिनेट जाँदा इमेलमार्फत् प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनअनुसार सोही दिन बिहान ६ बजे त्यही मोबाइलमा एउटा अडियो रेकर्ड भएको पाइएको छ ।

