काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका छन्।
बुधबार भरतपुर महानगरपालिका-२९, स्थित सत्रकिलोमा काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोमा ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका हुन्।
घाइते हुनेमा देवचुली नगरपालिका -१३ बस्ने ३० वर्षीया कल्पना परियार र उनकी छोरी ८ वर्षकी छोरी कञ्चन परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनीहरू दुवैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ढुंगाले लाग्दा माइक्रोको अगाडिको सिसामा क्षति पुगेको बताइएको छ भने अन्य यात्रु तथा चालक भने सकुशल छन्।
(यसअघि छाेरी हुनुपर्नेमा अन्यथा भएकाेमा सच्चाइएकाे छ -सम्पादक)
गुडिरहेको माइक्रोबसमा ढुंगा खसेर लाग्दा आमाछोरी घाइते*
उनीहरू दुवैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ढुंगाले लाग्दा माइक्रोको अगाडिको सिसामा क्षति पुगेको बताइएको छ भने अन्य यात्रु तथा चालक भने सकुशल छन्।

