बुर्तिबाङ-ढोरपाटन सडक फेरि अवरुद्ध, ढोरपाटन गएका पर्यटक अलपत्र

ढोरपाट नगर कार्यपालिका सदस्य दीलिपकुमार थापाले ढोरपाटन नगरपालिका-७ धारबोटमा हिजो गएको पहिरो हटाउने काम अन्तिम चरणमा पुगेका बताए ।

बुर्तिबाङ-ढोरपाटन सडक फेरि अवरुद्ध, ढोरपाटन गएका पर्यटक अलपत्र
बुर्तिबाङ । वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएकाे छ । सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–५ बुढाथोकमा भूजीखोलाले सडक कटान गरेपछि हिजो दिउँसोदेखि सडक ठप्प भएको हो । सडक पूर्ण रूपमा अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित ढोरबराह मन्दिरमा पूजा गरेर फर्किने सयौँ भक्तजन तथा पर्यटकहरु अलपत्र परेका छन् । ढोरपाट नगर कार्यपालिका सदस्य दीलिपकुमार थापाले ढोरपाटन नगरपालिका-७ धारबोटमा हिजो गएको पहिरो हटाउने काम अन्तिम चरणमा पुगेकाे बताए । 'हिजो गएको पहिरो हटाउने काम अन्तिम चरणमा रहेका बेला ढोरपाटन नगरपालिका -५ बुढाथोकमा भूजीखोलाले सडक कटान गरेको छ,' उनले भने, 'नगरपालिकाकाे डोजर लगाएर भोलि बिहानसम्म अवरूद्ध सडक खोल्छौं ।' उनका अनुसार ढोरपाटनमा लाग्ने जनैपूर्णिमा मेला आज सकिँदै छ ।