काठमाडौं । बागलुङको धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा तारा अदै बागलुङ पर्वत जोड्ने लामो झोलुङ्गे पुलबाट खसेर बेपत्ता भएकी छन् ।
विद्यालयको होस्टेलमा बस्दै आएकी अदै होस्टेल पछिको पर्खालबाट हाम फालेर भागेकी थिइन् ।
होस्टेलबाट भागेर नजिकैको गण्डकी गोल्डेन वृजमा पुगेर पुलबाट हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।
उनका अनुसार ढोरपाटनको बोबाङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा स्थित धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयको ९ कक्षामा पढ्दै आएकी थिइन् ।
पुलबाट हाम फालेर बेपत्ता भएपछि खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ ।
बागलुङ-पर्वत जोड्ने लामो पुलबाट हाम फालेर ढोरपाटनकी किशाेरी बेपत्ता
उनका अनुसार ढोरपाटनको बोबाङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा स्थित धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयको ९ कक्षामा पढ्दै आएकी थिइन् ।