बडिगाडका पहिरो पीडितलाई प्रवासीको सहयोग

सहयोग रकम बुझ्दै बडिगाड गाउँपालिका-१० का वडाध्यक्ष बुढाले आरुपाटाका पहिरो पीडितहरूको लागि राहत उपलब्ध गराउने पवित्र उद्देश्य राखेर सहयोग रकम संकलन गरेकोमा प्रवासीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

बडिगाडका पहिरो पीडितलाई प्रवासीको सहयोग
बागलुङ । बडिगाड गाउँपालिका वडा १० आरुपाटाका पहिरो पीडितलाई प्रवासीले सहयोग गरेका छन्। अविरल वर्षापछि आएको पहिरोबाट साउन २२ गते बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा गरी ११ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए । हाल रोजगारीका लागि दक्षिण कोरिया र जापानमा रहेका प्रवासीहरूको सक्रियतामा  संकलित रकम  १ लाख १६ हजार १ सय २३ रूपैयाँ वडाध्यक्ष विरेन्द्र कुमार बुढालाई हस्तान्तरण गरिएको छ । दक्षिणकोरियामा रहेका तुलसीराम बुढा मगर, सुरज कुमार पुन मगर, प्रभाव बुढा मगर, समर मगर, खिम बुढा मगर, नवीन बुढा मगर, मित्रलाल बुढा मगर र पढम बुढा मगर, इन्द्र लोप्चन निसिखोला ७, युद्ध भण्डारी बडिगाड ९, नरसिंह पुन मगर गौमुखी, प्युठान, सुशील पुन मगर हिस्तन, म्याग्दी, छविन्द्र गुरुङ चितवन र बब्बी सिँह ठकुरी जाजरकोटबाट एक लाख १ हजार १ सय २३ रुपैयाँ  संकलन गरिएकाे थियाे । साथै, जापानबाट दुर्लभ बुढा मगर र गौमन बुढा मगरबाट नेपाली पन्ध्र हजारसहित एक लाख १६ हजार १ सय २३ रुपैयाँ संकलन गरी  हस्तान्त्रण गरिएको हाे । सहयोग रकम बुझ्दै बडिगाड गाउँपालिका-१० का वडाध्यक्ष बुढाले आरुपाटाका पहिरो पीडितहरूको लागि राहत उपलब्ध गराउने पवित्र उद्देश्य राखेर सहयोग रकम संकलन गरेकोमा प्रवासीहरूलाई धन्यवाद व्यक्त गरेका छन् । पहिरोपछि विस्थापित परिवारलाई अस्थायी रूपमा सामुदायिक विद्यालय र आफन्तको घरमा राखिएको छ ।