लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

आचार्यलाई मत दिन नेकपा एमाले र नेपाली कांग्रेसले ह्वीप जारी गरेका छन् । कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । मंगलबार लुम्बिनी प्रदेशसभाको चौथौं अधिवेशनको २५औं बैठकमा आचार्यले विश्वासको मत लिने कार्यसूची छ । आचार्यलाई मत दिन नेकपा एमाले र नेपाली कांग्रेसले ह्वीप जारी गरेका छन् । कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद चाहिन्छ ।