पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

इलाका प्रहरी कार्यालय बुङ्गलका सई विरसिंह ठगुन्नाका अनुसार पहिरोले घर पुरिँदा दुई बालिकासहित चार जनाको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु
फाइल तस्बिर दार्चुला । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुङ्गलका सई विरसिंह ठगुन्नाका अनुसार पहिरोले घर पुरिँदा दुई बालिकासहित चार जनाको मृत्यु भएको हो । वीरबहादुरकी श्रीमती, बुहारी र दुई नातिनीको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेका पाँच जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।