सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोबार ?

शुक्रबारको तुलनमा सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २९ गते नेपाली बजारमा सुनको भाउले रेकर्ड राखेको थियो । उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको थियो ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ६ सय तोकिएको छ । शुक्रबारको तुलनमा सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २९ गते नेपाली बजारमा सुनको भाउले रेकर्ड राखेको थियो । उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको थियो । त्यस्तै आइतबार चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।