अर्थका १५ सहसचिवको जिम्मेवारी हेरफेर

रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । पुडासैनी बाहिरबाट आएका हुन् भने आचार्य अर्थकै प्रशासन महाशाखा प्रमुख रहेका थिए।

अर्थका १५ सहसचिवको जिम्मेवारी हेरफेर
काठमाडौं । अर्थ मन्त्रालयले १५ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । अर्थमन्त्रालय स्रोतका अनुसारअनुसार हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । पुडासैनी बाहिरबाट आएका हुन् भने आचार्य अर्थकै प्रशासन महाशाखा प्रमुख रहेका थिए। त्यस्तै रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक, दीपक लामिछानेलाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक जिम्मेवारी तोकिएको छ। यसैगरी मन्त्रालयले यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिएको छ। त्यसैगरी उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको छ । यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।