कास्की । मनाङको ‘ख’बाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्विरोध निर्वाचित प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री नबनाउने पक्का भएपछि उनले समर्थन फिर्ता लिएका हुन् ।
गत मंगलबार नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङकहाँ दाबी पेस गर्दा मनाङेले पनि समर्थन जनाएका छन्।
मंगलबार मनाङेसहित ३३ सांसदको समर्थनमा एमाले नेता अधिकारीले गण्डकीको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। तर दुई दिन नबित्दै यसअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले अधिकारीलाई दिएको समर्थन फिर्ता लिएका हुन्।
उनले एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको प्रतिक्रिया दिए ।
मनाङे गत मंसिर १९ गते माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए।
दीपक मनाङेले लिए सरकारलाई दिएको समर्थन फिर्ता
गत मंगलबार नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङकहाँ दाबी पेस गर्दा मनाङेले पनि समर्थन जनाएका छन्।

