पशुपति कोटीहोम घटना : सात सदस्यीय छानबिन समिति गठन

सुरक्षा समितिका सदस्यहरु र आयोजकबीचको सहमतिपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन भएको हो ।

पशुपति कोटीहोम घटना : सात सदस्यीय छानबिन समिति गठन
काठमाडौं । पशुपतिनाथ परिसरमा कोटिहोमको नाममा आयोजित कार्यक्रमको समापनको दिन शुक्रबार भएको घटनाको छानबिन गर्न सात सदस्यीय समिति गठन भएको छ । सुरक्षा समितिका सदस्यहरु र आयोजकबीचको सहमतिपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन भएको हो । समितिले १५ दिनभित्र घटनाबारे प्रतिवेदन पेश गर्नेछ । साथै, घटनाका दोषीलाई कारबाही गर्ने सहमति पनि भएको छ ।