बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

देउवासँगको भेटबारे जानकारी दिँदै ओलीले भनेका छन्, ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए।’

बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बालुवाटारमा देउवासँग राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले बताएका हुन्। देउवासँगको भेटबारे जानकारी दिँदै ओलीले भनेका छन्, ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए।’ उनले सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा देउवासँग कुरा गरेको बताएका छन्।