काठमाडौं । उच्च अदालत पाटनको आदेशमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा पीडित किशोरीको उमेर विवादबारे उल्लेख गरिएको छ । अदालतको आदेशमा पीडित पक्षले किशोरी नाबालिग रहेको दाबीसहितको प्रमाणपत्र पेस गरेपनि प्रतिवादीको तर्फबाट १८ वर्ष पुगेको दाबीसहितको प्रमाण पेस गरेको उल्लेख गरिएको छ ।
मुद्दाको पुर्पक्षको क्रममा प्राप्त नारायणी अस्पतालबाट जिल्ला अदालतमा प्रेषित पीडितको जन्म मिति सम्बन्धी व्यहोरा, सो सम्बन्धी मिसिल संलग्न अन्य कागजातहरु र उमेर निर्धारण सम्बन्धमा बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेको व्यवस्था समेतलाई मध्यनजर गरी अदालतले उमेर सम्बन्धी विवादको निराकरण गर्ने आदेशमा उल्लेख छ ।
यस्तो छ आदेश
तत्काल प्राप्त प्रमाणहरुलाई हेर्दा प्रतिवादीले आरोपित कसूर नगरेको भनी अधिकारप्राप्त अधिकारी तथा अदालत समक्ष बयान गरेको अवस्था भएपनि परिवर्तित २६ र यी प्रतिवादी होटलमा सँगै गएको, सो होटलको एकै कोठामा रातको समयमा दुबैजना सँगै रहेको र बिहान पख मात्र उक्त होटलवाट वाहिर निस्किएको तथ्य स्थापित भएको छ ।
यस प्रसंगमा अर्को महत्वपुर्ण बिषय पनि छ । परिवर्तित २६ लाई अभियोगदावीमा १७ वर्षकी किशोरीको रुपमा प्रस्तुत गरिएको र सोही अनुसारको जन्म दर्ताको प्रमाणपत्र समेत पेश गरिएको छ ।
प्रतिवादीले मौका र अदालतमा गरेको बयान तथा प्रतिवादी तर्फक विद्वान कानुन व्यवसायीहरुले बहसको क्रममा परिवर्तित २६ वालिका नभई अठार वर्ष उमेर पुगेकी युवती भएको भनी जिकिर लिएपनि परिवर्तित २६ को सहमतिमा आफूले निजसंग शारीरिक सम्बन्ध राखेको भनी प्रतिवादीले मौकामा वा अदालतमा जिकिर नै नलिएको स्थिति छ ।
परिवर्तित २६ को उमेर कति हो भन्ने प्रश्न प्रस्तुत मुद्दाको अन्तिम ठहर हुँदाको बखत निरुपण हुने नै छ । मुद्दाको पुर्पक्षको क्रममा प्राप्त नारायणी अस्पतालबाट जिल्ला अदालतमा प्रेषित परिवर्तित २६ को जन्म मिति सम्बन्धी व्यहोरा, सो सम्बन्धी मिसिल संलग्न अन्य कागजातहरु र उमेर निर्धारण सम्बन्धमा बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेको व्यवस्था समेतलाई मध्यनजर गरी जिल्ला अदालतले उमेर सम्बन्धी विवादको निराकरण गर्ने नै छ । प्रस्तुत मुद्दाको पुर्पक्षको क्रममा मिसिल संलग्न नारायणी अस्पतालको उक्त पत्र समेतका कागजातहरुलाई यस इजलासले अवलोकन गरेको छ ।
सन्दीप लामिछाने प्रकरण :किशोरीको उमेर १७ कि १८ ?
अदालतको आदेशमा पीडित पक्षले किशोरी नाबालिग रहेको दाबीसहितको प्रमाणपत्र पेस गरेपनि प्रतिवादीको तर्फबाट १८ वर्ष पुगेको दाबीसहितको प्रमाण पेस गरेको उल्लेख गरिएको छ ।

