धनुषामा खोलामा डुबेर दुई बालिकाको मृत्यु

बालिकाको शव प्रादेशिक अस्पताल जनकपुरमा परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनुषामा खोलामा डुबेर दुई बालिकाको मृत्यु
धनुषा । धनुषाको मिथिला विहारी नगरपालिका–९ को जलाद खोलामा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । नुहाउन गएका बालिकाहरू जमेको पानीमा तैरिरहेको देखेपछि स्थानियले निकालेका थिए । खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । बालिकाको शव प्रादेशिक अस्पताल जनकपुरमा परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।