सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४९ हजार छ सय निर्धारण भएको छ ।

सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४९ हजार छ सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय ६० निर्धारण भएको छ ।