काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्। पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन्।
संघीय सरकार गठनसँगै सत्तारुढ गठबन्धनले सातै प्रदेशमा मुख्यमन्त्री बनाइसकेको छ। नेकपा (एमाले) बाट प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लिला गिरी र सुदूरपश्चिम प्रदेशमा राजेन्द्रसिंह रावलले मुख्यमन्त्री भएका छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट बागमतीमा शालिकराम जम्कट्टेल र कर्णालीमा राजकुमार शर्मा चयन भएका छन्। सत्तारुढ गठबन्धनबाटै मधेश प्रदेशमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन्।
सातै प्रदेशमा सरकार गठनसँगै प्रधानमन्त्री दाहाल संघमा मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका हुन्न। यसका लागि सत्तारुढ गठबन्धनका दलहरूबीच छलफल शुरू भएको छ।
मन्त्रिपरिषद् विस्तारको तयारी शुरू भएसँगै एमाले र माओवादी नेताहरू मन्त्रीका लागि लबिइङमा जुटेका छन्। नेताहरूका अनुसार एमालेले आठ र माओवादीले सात मन्त्रालय पाउने मोटामोटी सहमति बनेकोछ । माओवादीबाट प्रधानमन्त्री दाहालसँगै नारायणकाजी श्रेष्ठले उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय पाइसकेका छन्। अब पाँच मन्त्रालयमा मात्रै माओवादीले पाउनेछ।
मन्त्रिपरिषदु विस्तारबारे छलफल गर्न पुस २७ मा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल।
त्यस्तै, एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसहित तीन मन्त्री नियुक्त भइसकेका छन्। अब एमालेले चार मन्त्रालय पाउनेछ।
एमालेमा चार मन्त्रीका लागि केही सांसदले लबिइङ गरिरहेका छन्। एमालेले अब मन्त्री नभएको प्रदेशबाट पठाउने तयारी गरेको छ। अहिले लुम्बिनीबाट पौडेल, मधेशबाट ज्वालाकुमारी साह र सुदूरपश्चिमबाट दामोदर भण्डारी मन्त्री छन्। साह र भण्डारीको कार्यविभाजन गर्न बाँकी छ।
अब प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशबाट चार मन्त्री पठाउने सम्भावना रहेको एमालेका एक नेताले बताए । उनका अनुसार कर्णाली प्रदेशबाट एक जना पनि प्रत्यक्ष निर्वाचित सांसद नभएकाले मन्त्री बनाउँदा सोचविचार गरिने भएको छ।
चार मन्त्रीका लागि एमाले नेताहरू गोकर्ण विष्ट, योगेश भट्टराई, ठाकुर गैरे, पदम गिरी, सूर्य थापा, जुली महतो, महेश बर्तौला, विद्या भट्टराई र प्रेमलाल महर्जन दाबेदार देखिएका छन्।
को-को छन् एमालेबाट मन्त्री बन्ने सूचीमा
संघीय सरकार गठनसँगै सत्तारुढ गठबन्धनले सातै प्रदेशमा मुख्यमन्त्री बनाइसकेको छ। नेकपा (एमाले) बाट प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लिला गिरी र सुदूरपश्चिम प्रदेशमा राजेन्द्रसिंह रावलले मुख्यमन्त्री भएका छन्।

