काठमाडौं । दिपायलमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
कैलालीको धनगढीबाट डोटीको दिपायल जाँदै गरेको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका-४ मा रेडियो नेपाल नजिक केआइसिंह राजमार्गमा बिहान ५ बजे बस सडकबाट ५० मिटर खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी भीमलाल भट्टराइका अनुसार दुर्घटनामा परी बसका चालकसहित १६ जना घाइते भएका छन्।
तीमध्ये ७ जना सामान्य र ९ जनाको अवस्था मध्यम छ। वस्ती भएको ठाउँमा खसको उक्त बसले दुइवटा घरहरूमा पनि क्षति पुर्याएको छ भने दुई जना स्थानीय पनि घाइते भएको डिएसपी भट्टराइले जानकारी दिए।
घाइतेहरू सबैलाई राजपुरस्थित सुजन अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि डिएसपी भट्टराईले जानकारी दिए।
डोटी जाँदै गरेको बस घरमाथि खस्यो
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी भीमलाल भट्टराइका अनुसार दुर्घटनामा परी बसका चालकसहित १६ जना घाइते भएका छन्।

