गठ्ठाघर दुर्घटना : ट्रक चालक पक्राउ

ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिएका छन् ।

गठ्ठाघर दुर्घटना : ट्रक चालक पक्राउ
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिएका छन् । त्यस्तै, स्कुटी चालक अन्दाजी २०–२५ वर्षीय पुरुष भएको पनि कार्कीले बताए । यसअघि महिला भनिएकोमा उक्त सनाखत गलत भएको थियो । प्रहरीले सीसीटीभी फुटेज हेर्दा पुरुषले बा ४९ प ८९४४ नम्बरको स्कुटर चलाएको देखिएको छ । यसैको आधारमा मृतक पुरुष भएको प्रहरीले पुष्टि गरेको हो । यद्यपी मृतकको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।