काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य घटाइएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्राेल प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको छ ।
यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ ।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
पेट्रोलमा ५ र डिजेलमा ३ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य
यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ ।