आईएमईका नवनियुक्त सीईओले सम्हाले जिम्मेवारी

आईएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् । मर्जरपछि आईएमई र जीएमई रेमिटले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेसँगै पौडेलले कार्यभार सम्हालेका हुन् ।

आईएमईका नवनियुक्त सीईओले सम्हाले जिम्मेवारी
काठमाडौं । आईएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् । मर्जरपछि आईएमई र जीएमई रेमिटले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेसँगै पौडेलले कार्यभार सम्हालेका हुन् । जीएमई रेमिटको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका पौडेलसँग रेमिट्यान्स क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव छ। जिम्मेवारी सम्हाल्दै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिट्यान्स सेवा प्रदान गर्न थप योगदान दिने बताए ।