गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी स्कुटर चालक महिलाको पहिचान खुल्यो

भक्तपुरको गठ्ठाघर ट्रकको ठक्करबाट मृत्यु भएकी स्कुटर चालक महिलाको पहिचान खुलेको छ । दुर्घटनामा दोलखाको मेलुङ-४ की २३ वर्षीय सुस्मा नेपालीकाे ट्रककाे ठक्करबाट मृत्यु भएकाे हाे ।

गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी स्कुटर चालक महिलाको पहिचान खुल्यो
काठमाडौं । भक्तपुरको गठ्ठाघर ट्रकको ठक्करबाट मृत्यु भएकी स्कुटर चालक महिलाको पहिचान खुलेको छ । दुर्घटनामा दोलखाको मेलुङ-४ की २३ वर्षीय सुस्मा नेपालीकाे ट्रककाे ठक्करबाट मृत्यु भएकाे हाे । काठमाडौंको बागबजार बस्दै आएकी सुस्मा चलाएको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो । नेपाली ट्रकको चक्कामुनी परेकी थिइन् । स्थानीयले सुस्मालाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका छन् । ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ । ना.६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ । सुस्माको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।