कांग्रेस-एमालेलाई माओवादी सांसद सुवेदीको सुझाव- ८४ मा मिलेर चुनाव लड्नुस्

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले २०८४ मा मिलेर चुनावमा गएर जितेर देश कब्जा गर्न कांग्रेस-एमालेलाई सुझाव दिएका हुन् । उनले अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि आग्रह गरे ।

कांग्रेस-एमालेलाई माओवादी सांसद सुवेदीको सुझाव- ८४ मा मिलेर चुनाव लड्नुस्
काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभामा झक्कुप्रसाद सुवेदीले कांग्रेस र एमालेलाई आगामी निर्वाचनमा मिलेर जान सुझाव दिएका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले २०८४ मा मिलेर चुनावमा गएर जितेर देश कब्जा गर्न कांग्रेस-एमालेलाई सुझाव दिएका हुन् । उनले अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि आग्रह गरे । सांसद सुवेदीले जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुने गरी संविधान संशोधन गर्न सुझाव दिए । उनले समानुपातिक निर्वाचन प्रणाली हटाउने र घटाउने नभई पूर्ण समानुपातिकमा जान आग्रह गरे । महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसदको बनावट हुनुपर्ने उनको भनाइ छ । सांसद सुवेदीले सरकार अस्थिर भयो भनेर दुई तिहाइको सरकार बनाएको भन्न नमिल्ने बताए। उनले कांग्रेस नामको मात्रै लोकतन्त्रवादी बनेको आरोप लगाए ।