काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालन भइरहँदा संसद भवन परिसरमा भने विरोध प्रदर्शन भएको छ । रत्न राज्य क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीले संसद भवन परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारी विद्यार्थी अछाम घर भएका दीपक देवकोटा रहेका बताइएको छ । प्रदर्शन गर्न नपाइने स्थानमा आन्दोलन गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले भुटानी शरणार्थी प्रकरण, सहकारी ठग, गिरिबन्धु ठगीका नाइकेहरूलाई सजाय खोई रु बंगलादेशको विद्यार्थी आन्दोलन नेपालमा पनि सुरु गर्नुपर्ने हो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
मुखमा मास्क र कालो टेप बाँधेर उनले प्रदर्शन गरेका हुन् ।
संसद भवनभित्रै प्रदर्शन
प्रदर्शनकारी विद्यार्थी अछाम घर भएका दीपक देवकोटा रहेका बताइएको छ । प्रदर्शन गर्न नपाइने स्थानमा आन्दोलन गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ ।